पार्टीको महाधिवेशन भदौमा नै हुन्छ : सभापति देउवा

2.8K
shares

काठमाडौँ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७८ भदौमा नै पार्टीको महाधिवेशन हुने बारे जानकारी गराएका छन्।

बुधबार पेस वक्तव्य जारी गर्दै देउवाले महाधिवेशन भदौमा नै हुने दाबी गरेका छन्। महाधिवेशनकाे विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न नहुने उनले बताए।

‘पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो, र पार्टीको जिवन्तताका लागि महायज्ञ हो, भन्ने कुरा मैले राम्ररी बुझेको छु ।’ जारी वक्तव्यमा उनले भनेका छन्।

कांग्रेसले आगामी भदौँ ७-१० गतेका लागि १४ औं महाधिवेशनको मिति तोकेको छ ।

पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई लिएर अनावश्यक हल्ला गर्ने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक–पटक आउने गरेका अभिव्यक्ति उचित नभएको उनको भनाइ छ ।

त्यस्तै असार र साउन महिनाभित्र महाधिवेशनका लागि सबै पूर्व तयारी सकेर निर्धारित समयमा नै महाधिवेशन गर्ने उनले बताएका छन् ।

कांग्रेसको महाधिवेशन अवराेध पुर्याउने कुनैपनि गतिविधि नगर्न समेत सम्पूर्ण कार्यकर्ता तथा नेताहरुमा आग्रह गरेका छन् ।

civil hospital
Hams Hospitals