एनआईसी एशिया बैंकले ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्दै
वि.सं.२०७८ जेठ २८ शुक्रवार
shares
काठमाडौं । एनआईसी एशिया बैंकले असार ६ गतेदेखि रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री गर्ने लागेकाे छ। १० वर्षे अवधि तथा वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको उक्त ऋणपत्र मध्ये बैंकले १२ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गर्नेछ,भने १८ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ ।
सर्वसाधारणका लागि छुट्याएको मध्य ५ प्रतिशत दरको ६० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ ।
यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । यो ऋणपत्र विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।
विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । यस बैंकलाई ऋणपत्र निकाष्शनका लागि जेठ २० गते अनुमति दिएको हो ।
































