(एसईई)को आन्तरिक मूल्यांकन कार्यविधि तयार, केहि दिनमा नतिजा सार्वजनिक गरिँदै
वि.सं.२०७८ जेठ ३० आइतवार
shares
काठमाडौँ।राष्ट्रिय परीक्षा बोर्डले चालू शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा (एसईई)को आन्तरिक मूल्यांकन कार्यविधि तयार गरिसकेको जनाएको छ ।
दुई दिन भित्रमा सो आन्तरिक मूल्यांकन कार्यविधि सार्वजनिक गर्ने र त्यही आधारमा परीक्षार्थीले नम्बर पाउने बोर्डले जनाएको छ ।
यसवर्ष अघिल्लो वर्षको भन्दा फरक कार्यविधि बन्ने बोर्डले जनाएको छ । बोर्डका अनुसार करिब पाँच लाख विद्यार्थीको आन्तरिक मूल्यांकन गरिँदैछ।
परीक्षा बोर्डले जेठ १३ गतेदेखि एसईई र जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्न तालिका सार्वजनिक गरेको थियो। कोरोना संक्रमणदर बढ्दै गएपछि गत वैशाख २७ गते एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको थियो।
जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो।
यसअघि ०७६ को एसईई परीक्षा पनि हुन नसकेपछि आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित भएको थियो।

































