सरकारले भन्यो-असार २५ गते भित्र कर बुझाउनु, त्यसपछि जरिवाना लाग्छ!

11.4K
shares
Nabil bank

काठमाडौं । आन्तरिक राजस्व विभागले विभिन्न कर दाखिला गर्ने तालिका सार्वजनिक गरेको छ । विभागले आर्थिक ऐन २०७७ को दफा १९ अन्तरगत रहेर अर्थमन्त्रालयको असार २ गतेको निर्णय अनुसार कर दाखिला गर्ने तालिका सार्वजनिक गरेको छ ।

विभागले बुधबार सार्वजनिक गरेको सूचनामा मूल्य अभिवृद्धि कर(भ्याट) २०७७ चैत्र र २०७८ बैशाख महिनाको मासिक तथा २०७७ चैत्र र २०७८ बैशाखको द्धिमासिकको कर २०७८ असार २५ गतेभित्र तिरिसक्ने सूचनामा उल्लेख गरेको छ ।

 

त्यस्तै, आयकर ऐन २०५८ बमोजिमका कर २०७७ चैत्र र २०७८ बैशाख महिनाको बुझाउन पर्ने अग्रीम करकट्टी रकम असार २५ गतेभित्र बुझाउन भनेको छ । अन्तशुल्क ऐन २०५८ अनुसारका कर २०७७ चैत्र र २०७८ बैशाख महिनाभित्रका बुझाउन पर्ने अन्तशुल्क असार २५भित्र बुझाउन पर्ने छ ।

 

त्यस्तै, २०७७ चैत्र र २०७८ बैशाखको शिक्षा सेवा कर, टेलिफोन स्वामित्व कर, दूरसञ्चार ुसेवा दूस्तुर पनि असार २५ गतेभित्र बुझाउ विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x