द भ्वाइस अफ नेपालका काेच दिप क्षेष्ठ अस्वस्थ बनेपछि एपिसोड २२ बाट राजेशपाल राईले कार्यभार समाल्ने
वि.सं.२०७८ असार १२ शनिवार
1.5K
shares
shares
काठमाडौं । वरिष्ठ गायक तथा द भ्वाइस अफ नेपालका काेेच दीप श्रेष्ठ अस्वस्थ बनेपछि एपिसोड २२ बाट गायक राजेशपायल राईले नयाँ काेेेेेेेचका रुपमा जिम्मेवारी पाएका छन् ।
काेराेना संक्रमणबाट भर्खरै मुक्त भएपनि थप आरामका आवश्यकता रहेकाेले गायक क्षेष्ठका स्थानमा राईलाई कोचका रुपमा लिइएको भ्वाइस अफ नेपालले जनाएको छ ।
त्यस्तै, भिडियो सन्देश जारी गर्दै गायक श्रेष्ठले पनि आफ्ना प्रिय भाई राजेशपायल राईलाई कार्यभार सुम्पन पाउँदा खुशि लागेको बताएका छन् ।
राईले पनि नयाँ जिम्मेवारी पाएकाेमा खुसी व्यक्त गर्दै क्षेष्ठकाे स्वस्थ लाभको कामना गरेका छन् ।


























