बजाजका बाइकहरुकाे मुल्यमा सामान्य वृद्धि

1.2K
shares

काठमाडौँ। बजार बाइकको मूल्य फेरि बढेको छ। नेपालका आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले बिहिबारदेखि लागू हुने गरी नयाँ मूल्य सूची सार्वजनिक गरिएको छ ।

अहिले नेपाली बजारमा बजाजको मूल्य बढ्दै गएको छ । नेपालमा बजाज बाइकले राम्रो बजार पाइरहेको छ । यस पटक बजाजको ९ वटा मोडलको मूल्य बढेको हो । विभिन्न मोडलका बाइकमा दुई हजार रुपैयाँदेखि चार हजार रुपैयाँसम्मले मूल्य वृद्धि भएको छ। बजाजको पल्सर १५० एसडीको मूल्य २ हजारले वृद्धि भएको छ ।

यसको नयाँ बजार मूल्य २ लाख ६८ हजार ९ सय पुगेको छ । त्यस्तै पल्सर १६० एनएस टिडी एबिएस, पल्सर २२० एफ एबिएस, एभेन्जर १६० स्ट्रिट एबिएस र एभेन्जर २२० क्रुसको मूल्य पनि २ हजारले वृद्धि भएको छ ।

पल्सर २०० एनएस एबिएस र पल्सर २०० एनएस एफआइ एबिएसको मूल्य ३ हजारले बढेको छ भने डोमिनार २५० एबिएस र डोमिनार ४०० एबिएसको मूल्य ४ हजारले बढेको छ ।

 

 

civil hospital
Hams Hospitals