मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको साधारण शेयर(आईपीओ) आज बाँडफाँट (यसरी हेर्नुहोस)
वि.सं.२०७८ असार २८ सोमवार
shares
काठमाडौँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको साधारण शेयर(आईपीओ) आज बाँडफाँट भएको छ ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आज बिहान आईपीओ बाँडफाँट भएको हो । सर्वसाधारणका लागि छुट्याइएको शेयर ३६ हजार ३ सय ४७ जनाले १०-१० कित्ता र २ जनाले ११-११ कित्ता पाएका छन् ।
आईपीओमा रितपूर्वक आवेदन दिएका १९ लाख ५१ हजार ५२१ जना सर्वसााधारणलाई गोलाप्रथामा सहभागी गराई आईपीओ बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जनाएको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । मनकामना स्मार्ट लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ ।
मनकामना स्मार्टले असार १७ गते २१ गतेसम्म १०० रुपियाँ दरको कुल ३ लाख ८९ कित्ता आइपीओ बिक्री खुला गरेको थियो । यसमध्ये ०.५५ अर्थात ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत ले हुने १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो ।
रुपन्देहीमा रहेको मनकामना लघुवित्त वित्तीय संस्था र दाङ्गको स्मार्ट लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएर मनकामना स्मार्ट लघुवित्त बनेको हो । लघुवित्तले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपियाँ ३२.११ प्रतिशत आईपीओ निष्कासन गरेको हो ।
































