चीनबाट आज ८ लाख डोज भेरोसेल खोप नेपाल ल्याइँदै

14.2K
shares
Nabil bank

काठमाडौँ । चीन सरकारले प्रदान गरेकाे ८ लाख डोज भेरोसेल खोप आज नेपाल ल्याइँदैछ ।

खोप ल्याउन बुधबार नेपाल वायु सेवा निगमको जहाज चीन उडेको थियो । सो जहाज आज दिउँसो चीनबाट काठमाडौं आइपुग्ने छ।

फेरि पुनः जहाज खोप लिन बेइजिङ जाने निगमले जनाएको छ । यस्तै शनिबार र आइतबार पनि जहाज खोप ल्याउन चीन जाने छ ।

चीनले नेपाललाई अनुदानमा थप १६ लाख डोज खोप दिने प्रतिबद्धता जनाइसकेको छ । केही दिनभित्रै अनुदान र खरिद गरेको गरी २५ लाख डोज खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यही साताभित्रै थप ८ लाख डोज लिन जहाज चीन जानेछ। दुईपटक गरी यही साताभित्र थप १६ लाख खोप नेपाल आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

चीनबाट ल्याइएका खोप अहिले अभियान सञ्चालन हुन नसकेका प्रदेशहरू प्रदेश एक, सुदूरपश्चिम प्रदेश र कर्णालीमा पठाइनेछ।

यसअघि चीनले १८ लाख डोज खोप अनुदानमा दिएको थियो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x