शेयर बजार परिसूचक नेप्से १८ अंकले बढ्यो

14.8K
shares
Nabil bank

काठमाडौं। विहिबार शेयर बजार परिसूचक नेप्से १८ अंकले बढेर ३ हजार ४ विन्दुमा पुगेर थामिएको छ।

क वर्गका कम्पनीको परिसूचक सेन्सेटिभ इन्डेक्स पनि ४ अंकले बढेर ५ सय ६२ विन्दुमा पुगेको छ।

यसदिन बैंकिङ, हाइड्रोपावर, वित्त, निर्जीवन बीमा र म्युचल फण्ड समूह हरियो हुँदा व्यापार, होटल तथा पर्यटन, विकास बैंक, उत्पादन, माइक्रोफाइनान्स, जीवन बीमा, लगानी र अन्य समूह रातो भए। व्यापार समूहमा ८२ अंकको गिरावट आउँदा वित्त समूह ३८ अंकले उकालो लागेको छ।

बिहीबार लक्ष्मी उन्नति कोष, सीईडीबी होइड्रोपावर, नग्दी ग्रुप पावर कम्पनी, पोखरा फाइनान्स, माउन्टेन हाडड्रो, लक्ष्मी इक्युटी र ग्लोबल आईएमई समुन्नत स्किम–१ का लगानीकर्ताले १० प्रतिशतले कमाउँदा हिमालयन पावर, बरुण हाइड्रो लगायका कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्।

२ सय २० कम्पनीको ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयरको किनबेच हुँदा बिहीबार ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६ सय १५ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

यी हुन आज धेरै कमाउने १० कम्पनी

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x