उत्कृष्ट भिडियोसहित छिन्ताङको ‘हाम्रो खानीखोला’ सार्वजनिक

काठमाडौं । उत्कृष्ट शब्द र संगीतमा रहेको नेकपा माओवादी केन्द्रका लोकप्रिय युवा नेता इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ को हाम्रो खानीखोला बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा उत्कृष्ट शब्द र संगीत मात्रै होइन, गीतको भिडियो दृश्य पनि उत्कृष्ट देखिएको छ ।

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दशवर्षे जनयुद्धका क्रममा छिन्ताङले सयौँ जनवादी गीतको रचनासँगै संगीत भरेका थिए । उनको कयौँ गीत चर्चित छन् ।

राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष समेत रहेका छिन्ताङले काभ्रेको डाँडापारिस्थित खानीखोला गाउँपालिकाको परिवेशलाई समेटिएर गीत लेखेका छन् । गीतका हरेक शब्दहरु उत्कृष्ट देखिएको प्राप्त प्रतिक्रियाबाट पुष्टि भएको छ । गीतको संगीत पनि छिन्ताङले नै भरेका हुन् ।

गीतको शनिबार नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङले भव्य कार्यक्रमकाबीच विमोचन गरे । उनले साँस्कृतिक आन्दोलनले पार्टी र आन्दोलन निर्माणमा टेवा पुग्ने बताउँदै साँस्कृतिक अभियानलाई निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रममा पूर्वराज्यमन्त्री सुर्यमान दोङ, माओवादी केन्द्र काभ्रेका अध्यक्ष रुकु चौलागाई, प्रदेश सांसद रत्न ढकाल, नेता दिनानाथ गौतम लगायत उपस्थित थिए ।

गीतमा निर्मला घिसिङ र रमन थामीले स्वर दिएका छन् । त्रिताल स्टुडियो काठमाडौंमा रेकर्डिङ भएको गीतको एरेन्ज र मिक्सिङ भने सुन्दर लामाले गरेका हुन् ।

गीतको भिडियोका लागि विवेक लोप्चन र यमन माझीले दृश्य छायांकन गरेका छन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro