नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको पाँचौ अधिवेशन काठमाडौंमा सम्पन्न
वि.सं.२०७८ साउन १८ सोमवार
shares
नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको पाँचौ अधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । कोरोनाको कहरका बीचमा पनि भौतिक दुरी कायम गर्दै आयोजना गरिएको कार्यक्रममा संगठनको लागि नयाँ पदाधिकारी चयन गरिएको छ । निर्वाचन अधिकृत तथा सञ्चारकर्मी डब्बु क्षेत्रीको रोहवरमा निर्वाचन सम्पन्न गरिएको छ । पाँचौ महाधिवेशनले संस्थाको नयाँ नेतृत्व चयन गरेको छ ।

जसमा अध्यक्ष खगेन्द्र प्याकुरेल, बरिष्ठ उपाध्यक्ष ऋषिराज आचार्य, महिला उपाध्यक्ष सरिता भारती, संगठन उपाध्यक्ष दयाराम घिमिरे, कार्यक्रम उपाध्यक्ष सुवास बुढाथोकी, महासचिव राजन थापा, सचिव प्रदिप वास्तोला, सह–सचिव, सुरेशकुमार राउत, कोषाध्यक्ष कमला कुमारी जोशी, सहकोषध्यक्ष प्रवण भुसाल र केन्द्रीय सदस्य तथा प्रवक्ता कल्याण अधिकारी केन्द्रीय सदस्य डेविलसिंह राजपुत, तुलसा कटुवाल, साक्षी लम्साल, सुष्मा देवकोटा, गोपाल ढकाल, प्रेम पाण्डे, केन्द्रिय सदस्य कृष्ण भट्टराई निर्वाचित हुनुभएको छ ।

उक्त समारोहमा बरिष्ठ चलचित्र निर्देशक मोहन निरौला र वरिष्ठ सञ्चारकर्मी शान्तिप्रिय लाई संगठनले मानार्थ सदस्यता प्रदान गरेको थियो । कार्यक्रममा संगठनका मानार्थ सदस्य चलचित्र निर्देशक माधवराज खरेल, सल्लाहकार अभिनेता श्रीदेव भट्टराई लगायतको सहभागीता रहेको थियो भने कार्यक्रममा प्रमुख अतिथिको रुपमा राष्ट्रगानका रचनाकार व्याकुल माईला रहनु भएको थियो ।
मोडल तथा अभिनेता कलाकार प्रवण भुसाल नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको पाँचौ अधिवेशन बाट सहकोषध्यक्ष निर्बिरोध निर्बाचित भयकछ। प्रवण भुसालको लुकामारी, मन्दिरा, ऐ के ४७ , वान्टेड लगायतका थुुप्रै सिनेमाहरुमा अभिनय गर्नु भयको छ। करिब २ दर्जन भन्दा बढी नेपाली बिज्ञापनहरुमा समेत अभिनय रहेको छ, नेपाली चलचित्र घनचक्कर प्रदर्शन को तयारीमा रहेको । विभिन्न लोकआधुनिक गितको भिडियोमा समेत भुुुसालले अभिनय गरेका छन् ।


























