काेराेना संक्रमण बढदै,सभा, गाेष्ठी, सम्मेलन नगर्न जिल्ला प्रशासनकाे आग्रह

Ghorahi cement

काडमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा फेरि कोरोना संक्रमण बढेकाले सतर्कता अपनाउनु पर्ने बताएकाे छ।

काठमाडौंका सिडिओ कालिप्रसाद पराजुलीले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नु पर्ने तथा सभा सम्मेलन नगर्न आग्रह गरेका छन।

सिडिओ पराजुलीले सूचना जारी गरी कोरोना संक्रमणको उच्च जोखिम रहेका बेला पनि विभिन्न सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्यालीजस्ता गतिविधि भइरहेको तथा यस कार्यबाट संक्रमणकाे जाेखिम उच्च रहेकाे भन्दै यस्तो नगर्ने आग्रह गरेका हुन्।

यस्ता गतिविधिले कोरोना संक्रमण दर अझ उच्च हुन गई अवस्था भयाबह हुनसक्ने समेत उनले बताएका छन्।

Shangri-la Development Bank Ltd.
Nepali patro