विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ्लाई नियुक्त गर्न प्रधानमन्त्री देउवाकाे निर्देशन

Ghorahi cement

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङ्ललाई नियुक्त गर्न निर्देशन दिएका छन्।

घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न आज उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भूषाललाई निर्देशन दिएको प्रधानमन्त्रीको निकट स्रोतले बताएको छ।

यसअघि हितेन्द्रदेव शाक्यलाई ओली सरकारले कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो । शाक्यसँग आजै राजीनमा माग गरी घिसिङलाई नियुक्ति दिने तयारी गरिएको हो ।

घिसिङको नियुक्तिपछि विद्युत् प्राधिकरण नाफामा जाने अपेक्षा गरेको बालुवाटार स्रोतले जनाएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro