उपत्यकामा एक हप्ताका लागि निषेधाज्ञा थप गरियाे

Ghorahi cement

काठमाडौैं। काठमाडौं उपत्यकामा एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ।

काठमाडौँ उपत्यकाका तीन जिल्लाका सिडिओहरुको बैठकले निषेधाज्ञा थप सात दिन लम्ब्याउने निर्णय गरेको हो।

जारी गरिएको निषेधाज्ञा भाेलि सकिँदैछ। काठमाडौँ, भक्तपुर र ललितपुरमा अब साउन २७ गतेसम्म निषेधाज्ञा कायम रहने छ।

यसअघि झै निषेधाज्ञा अवधिभर सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरी, नाचघर, क्लव, स्वीमिङ पुल, मनोरञ्जन स्थान, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसको भीडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न राेक लगाईएकाे छ।

यस्तै शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन नपाइएने आदेशमा उल्लेख छ।

जारी विज्ञप्ति तल हेर्नुहोस्

 

 

 

Nepali patro