गायिका शशिकलाको ‘हल्का हल्का’ बाेलकाे गीत सार्वजनिक

1.2K
shares

काठमाडौँ । मोडल एंव निर्देशक हेरुका लामाको निर्देशन र कोरियोग्राफीमा ‘हल्का हल्का’ बोलको गीत सार्वजनिक भएको छ।

उक्त गीतको म्युजिक भिडियोमा मोडल एंव निर्देशक हेरुका लामाले गरेका छन्। गीत हेरुका लामाकाे अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको हो ।

मिन सागर लामाको शब्द, गायिका शशिकला मोक्तानको आवाज,चन्द्र कुमार दोङ्को संगीत र स्वर्गिय एरेन्जर बबी घतानीको संगीत संयोजनमा उक्त गीत तयार गरिएको हो ।

पेमजोङ लामाले निर्माण गरेको उक्त भिडियोमा सबु गोले,बसन्ती लामा ब्लोन,सञ्जय थापा, राज दोङ तामाङ र हेरुका लामाको अभिनय रहेको छ । रेबन्त बिक्रम थापाले खिचेको भिडियोलाई राजु तामाङ दोङ्ले कलर र सम्पादन गरेका हुन् ।

civil hospital
Hams Hospitals