सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक निष्काशन(आईपीओ) मा पहिलो दिन २.२२ गुणाले ओभर सब्सक्राइब

Ghorahi cement

काठमाडौँ । आजबाट निष्काशन भएको सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक निष्काशन(आईपीओ) मा पहिलो दिन २.२२ गुणाले ओभर सब्सक्राइब भएको छ ।

निष्काशन गरिएको ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरिएकोमा निष्काशनको पहिलो दिन अपरान्ह ५ बजेसम्म ७ लाख २८ हजार ८ सय ४० जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब २० करोड १८ लाख २६ हजार रकम बराबरको १ करोड २० लाख १८ हजार २ सय ६० कित्ता शेयरको लागि आवेदन परेको छ । यो आइपिओमा निष्काशनको पहिलो दिन ५ बजे सम्मको तथ्यांकमा शेयर आवेदन गर्ने आवेदकको संख्या हालसम्मकै सबैभन्दा बढी रहेको हो ।

यो आइपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता देखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । आवेदन दिने अन्तिम समय छिटोमा साउन २४ गते आइतबारसम्म रहेको छ । यो आइपिओको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको हो

Nepali patro