नेप्से पाँच दिनमा २७ अंकले मात्रै बढ्यो

Ghorahi cement

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ६४ अर्बको सेयर कारोबार भएको छ । राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्ने दिन नजिकिँदै गर्दा लगानीकर्ताले समेत यस साता पर्ख र हेरको रणनीति अपनाएको देखिन्छ । गत साताको तुलनामा यस साता कारोबार रकम र सूचक दुवै सुस्त देखिएको छ ।

राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेका बेला संसद्को अर्थ समितिले पुँजी बजारमा नकारात्मक प्रभाव नपर्नेगरी मौद्रिक नीति तर्जुमा गर्न केन्द्रीय बैंकलाई निर्देशन दिएपछि अबको बजारमा अझै सुधार हुने अपेक्षा गरिएको छ । यद्यपि, असारमा करेक्सन आएको बजारमा साउन लागेसँगै सुधारोन्मुख देखियो ।

बैंकमा रहेको अधिक तरलता, सस्तो ब्याजदर र सेयर बजारको प्रमुख सिजन सुरु हुनुलगायतका कारणले बजारमा उत्साह देखिएको जानकार बताउँछन् । सातामा केही करेक्सन आए पनि नेप्सेले अझै माथिल्ला बिन्दुहरू तय गर्ने अनुमान गरिएको छ ।

राजधानी दैनिकमा समाचार छ।

Nepali patro