‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरलाई
वि.सं.२०७८ साउन २४ आइतवार
1.2K
shares
shares
किरण गजमेरले ‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि जितेका छन्। टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका किरणले नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन्।
यसैगरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला फाइनलिस्ट भएका छन्। यी तीनैजना फाइनलिस्टले द भ्वाईसको ट्रफी पाएका छन्।
एक सातासम्म एसएमएस र अनलाइनमार्फत् संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए। किरण गजमेरले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीहरुलाई धन्यवाद दिएका छन्।


























