नेपाली बजारमा आज सुनको मूल्य घट्यो
वि.सं.२०७८ साउन २४ आइतवार
11.2K
shares
shares
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९१ हजार पाँच सयमा कारोबार भएकोमा आज तोलामा एक हजार पाँच सयले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार रहेको छ भने तेजावी सुनको मूल्य ८९ हजार पाँच सय ५० रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज घटेर प्रतितोला १२४० कायम गरिएको महासंघले जनाएको छ ।
Subscribe
0 Comments
Oldest































