साताको पहिलो दिन नेप्से २४.५७ अकंले घट्दा पनि साढे २१ अर्ब माथि कारोबार

11.5K
shares
Nabil bank

काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत २२२ कम्पनीको ३ करोड ५५ लाख ११ हजार ९३४ कित्ता शेयर किनबेच भएको छ ।

साताको पहिलो दिन नेप्से २४.५७ अकंले घट्दा पनि साढे २१ अर्ब माथि कारोबार भएको छ ।

आज खानीखोला हाईड्रोपावर, जीवन विकास लघुवित्त र यूनियन लाईफ इन्स्योरेन्स कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। साथै आइसीएफसी फाइनान्सको सर्किट लेभलमा कारोबार भइ सर्वाधिक कमाउन सफल भएका हुन् । मिर्मिर माईक्रोफाइनान्सको ८.९७ प्रतिशत अकं र नेपाल बैंककोे ७.३१ प्रतिशत अकंले वृद्धि भएको हो ।

यस्तै आज गुमाउने कम्पनीहरुमा एनआईबिएल प्रगति फण्डको ८.५४ प्रतिशत अकं, रिडि हाईड्रोपावर डेभलपमेन्टको ८.५२ प्रतिशत अकं, श्री इनभेष्टमेन्ट फाइनान्सकोे ७.८८ प्रतिशत अकं र रसुवागडि हाईड्रोपावर कम्पनीको ६.३४ प्रतिशत अकं घटेको हो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x