दल विभाजन सम्बन्धी अध्यादेश सरकारले ल्याए प्रतिवाद गर्छाैं : एमाले

Ghorahi cement

काठमाडौँ। सरकारले कुनै पनि बेला दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने भएकाले नेकपा एमालेले सरकारको प्रतिवाद गर्ने तयारी गरेकाे छ।

आज बसेकाे एमाले स्थायी कमिटीको बैठकले संसद अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको आराेप लगाउदै सरकारको प्रतिवाद गर्ने निर्णय गरेकाे हाे।

बैठकपछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनको माध्यमबाट प्रतिवाद गर्ने र त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकार स्वयं जिम्मेवार हुनुपर्ने उनले बताए।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याउन लागेको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय समिति २५ प्रतिशत सदस्यले अर्को दल गठन गर्न सक्ने प्रावधान राखिने छ। यसो हुँदा नेपाललाई पार्टी विभाजन गर्न सहज हुने देखिन्छ।

ओलीले एक वक्तव्य जारी गर्दै संसद अधिवेशन अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको र एमालेलाई विभाजित गर्ने षड्यन्त्र भइरहेको समेत उल्लेख गरि सकेका छन्।

Nepali patro