मध्य भोटेकोशीकाे आईपीओमा ३.२२ गुणा बढी आवेदन

Ghorahi cement

कम्पनीले निष्काशन गरेको आईपिओमा आवेदन दिने अन्तिम दिन हिजो साँझसम्ममा १ लाख १ हजार २८ जना आवेदकबाट १ करोड ९३ लाख २५ हजार ७ सय ८० कित्ताको लागि अर्थात् १ अर्ब ९३ करोड २५ लाख ७८ हजार रकमको आवेदन परेको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

यो माग गरिए भन्दा ३.२२ गुणा बढी हो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाइ ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी रु.६ अर्बको १०% अर्थात् रु.६० करोड बराबरको ६० लाख कित्ता निष्काशन गरेको थियो।

जस मध्ये आयोजना प्रभावितबाट १० हजार ८ सय ४८ जना आवेदकबाट २६ लाख ७५ हजार ४ सय ९६ कित्ताको लागि र अन्य सिन्धुपाल्चोकवासीबाट ९० हजार १ सय ८० आवेदकबाट १ करोड ६६ लाख ५० हजार २ सय ८४ कित्ताको लागि आवेदन परेको हो ।

यो भेरिफाई हुनु अगावैको डाटा रहेकोले अन्तिम तथ्यांक केहि तलमाथि हुन सक्ने क्यापिटलले जनाएको छ । आईपिओमा ग्लोबल आईएमई क्यापिटलको वेबसाइट, इसेवा, आईएमई पे बाट अनलाइन आवेदन दिन सकिने ब्यबस्था थियो ।

Nepali patro