प्रधानमन्त्री देउवाद्वारा डा केसीलाई छलफलका लागि आह्वान

Ghorahi cement

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीलाई छलफलका लागि बोलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे छलफलका लागि बोलाएको डा.केसी अलायन्सका प्रतिम सुवेदीले जानकारी दिएका छन्।

डा केसीले ५ बुँदे माग राख्दै आफ्ना ५ बुँदे माग पुरा नभए ३ गतेबाट अनसन बस्ने चेतावनी दिएपछि डा केसीले दिएको अल्टिमेटमको समय सकिन दुई दिन बाँकी रहेको समयमा प्रधानमन्त्री देउवाले छलफलका लागि बोलाएका हुन्।

सुवेदीका अनुसार छलफलका लागि डा केसी सहितका समूह बालुवाटार जाने तयारी भएकाे छ।

Nepali patro