‘नेपाल आइडल’ सिजन ४ का लागि डिजिटल अडिसन सुरु
वि.सं.२०७८ भदौ २ बुधवार
1.4K
shares
shares
गायन रियालिटी शो ‘नेपाल आइडल’को नयाँ सिजनका लागि डिजिटल अडिसन सुरु भएको छ।
हिजोदेखि कार्यक्रमको ‘सिजन–४’ को डिजिटल अडिसन सुरु भएको हो। पहिलो चरणको अडिसन भदौ ३१ सम्म सञ्चालन हुने जनाइएको छ।
मोबाइल फोनको ‘प्ले स्टोर’मा रहेको एपिवानको एप्लिकेसन डाउनलोड गरी अडिसन दिन सकिने कार्यक्रम निर्माण पक्षले बताएको छ।
एपको अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरेर मागिएको विवरण भर्नुपर्नेछ। र, आफ्नो स्वरमा दुईवटा फरक विधाका गीत रेकर्ड गरेर अपलोड गर्नुपर्नेछ।
डिजिटल अडिसनमा पास भएकाहरुको फिजिकल अडिसन हुने जनाइएको छ। डिजिटल अडिसनमा जुनसुकै स्थानमा रहेका नेपालीले सहभागी हुन पाउनेछन्।


























