वाइवाइ जिंगल रिमिक्स प्रतियोगीता सम्पन्न

1.3K
shares

बितेको २० वर्षदेखि बाइबाइ नेपाली गीत संगीतको प्रवर्द्धन र नेपाली प्रतिभाको प्रोत्साहनका लागि नेपालभर क्रियाशील रहदै आएको छ । हाल सुलभ नवीन प्रविधिहरु एवं तीव्र गतिको इन्टरनेट संगसगै नेपालमा युवा प्रतिभाहरुको उदय भैरहेको छ, भने स्टुडियोहरु पनि व्यापक रुपमा स्थापना भैरहेका छन्।

तर दुर्भाग्यवश धेरैजना उनीहरुमा भएको प्रतिभा उजागर गर्ने अवसरबाट बञ्चित छन् र पाण्डहरु समेत प्राय:जसो काठमाडौं मै भएका प्रतिभाहरुलाई उपयोग गर्नमा केन्द्रित हुने गरेको पाइन्छ ।

यस्तो परिस्थितिलाई तोड्ने लक्ष्यका साथ बाइबाइले विश्व संगीत दिवस २१ जुन २०२१ को अवसर पारेर हामी सबैको बाइबाइ जिंगल रिमिक्स प्रतियोगीता संचालन गरेको थियो ।

प्रचलनमा रहेको सामाजिक सन्जालको व्यापक प्रयोग गर्दै हामीले युवा वाद्यवादकहरु गायक गायिकाहरु र संगीतकारहरुलाई नेपालभरबाट सहभागीता जनाउन उनीहरुद्वारा रिमिक्स गरिएको मूल जिंगललाई हामी सबैको वाइवाइ जिंगल रिमिक्स प्रतियोगीता पेजमा प्रेषित गर्न आव्हान गरेका थियो । उक्त दिनदेखि १ महिनासम्म संचालन गरिएको यो प्रतियोगीता गएको जुलाई २१ मा समाप्त भएको थियो।

यो प्रतियोगीतामा सहभागी बन्नका लागि युवाहरुलाई प्रेरित गरेर यस्तो भिन्न किसिमको प्रतियोगीतालाई सफल बनाउन योगदान गरिदिनु भएकोमा ख्यातिप्राप्त गायकहरु जेम्स प्रधान, सन्जय श्रेष्ठ,नवीन भट्टराई र रोहित क्षेत्री प्रति हामी कृतज्ञता व्यक्त गर्दछौ ।

हामीले नेपाल भरबाट सोचेभन्दा बढी ६२ जनाको रिमिक्स जिंगल प्राप्त गन्यौ। हामीलाई प्राप्त रिमिक्स जिंगलहरुमा भएको सांगीतिक विविधताले झनै अचम्भित बनाइदिएको छ । यी रिमिक्स जिंगल हरुमा गरिएको संगीत सिर्जनाहरु व्यापदेखि पप स्कदेखि स्थानीय शास्त्रीय संगीतसम्मको विविधतायुक्त थिए ।

यसका साथैकाठमाडौं उपत्यका बाहिरबाट प्राप्त सिर्जनाहरु पनि उत्पादनको दृष्टिकोणले प्राविधिक हिसाबले र व्यावसायिक स्तरले समेत उत्कष्ट हुनु साँच्चिकै प्रेरणादायी एवं उत्साहवर्द्धक थियो। रिमिक्स गिलहरुमा देखिएका नव प्रतिभाहरुको लगावले हामीलाई नेपालभरका नेपाली संगीत र संगीतकारहरुले निरन्तर संस्थागत साथ प्राप्त गर्ने हो भने उनीहरु सफल हुन सक्छन् भन्ने विश्वास जागेको छ ।

नेपालभरबाट सहभागी प्रतियोगीहरु मध्येबाट उत्कृष्ट १० को छनौट गर्नु र त्यसबाट पनि एकजनालाई विजेता चयन गर्नु अत्यन्त कठिन कार्य थियो । उत्कृष्ट १० छनोटमा परेका मध्ये बाट आज हामी एकजनालाई हामी सबैको वाइवाइ जिंगल रिमिक्स प्रतियोगीता २०२१ को विजेता घोषित गर्नेछौ र बिजेताले प्राप्त गर्न हुनेछ १
लाख रुपैयाँ नगद पुरस्कार सहभागी सबै प्रतियोगीहरुले संगीतको लागि देखाउनु भएको उत्साह, कठोर मेहनत र योगदानको कदर गर्दै हरेक प्रतियोगीलाई हामी धन्यवाद ज्ञापन गर्दछौ ।

civil hospital
Hams Hospitals