ओटीटी चलचित्र “म त मर्छु कि क्या हो“ ओहो मुभिजमा सार्वजनिक हुँदै

1.1K
shares

सिनेमा, संगीत, टेलिभिजन कार्यक्रमहरू लगायत मनोरन्जनका अनगिन्ति मौलिक र उत्कृष्ट सामाग्रीहरू प्रसारण गर्ने उद्देश्यले हालसालै सुरु गरिएको प्रिमियम ओटिटि प्लेटफर्म ओहो ! मुभिज नेपाली सिनेमा पारखीहरूलाई ध्यानमा राखेर डिजाइन गरिएको छ, जो नेपाली चलचित्रको प्रबर्धनमा प्रतिबध्द छ ।

यसैका निम्ती ओहो ! मुभिजले २०७८ भाद्र ११ गते धुर्मुस सुन्तलीको लेखन तथा निर्देशन र सुदिप बरालको छायांकन रहेको हाँस्य चलचित्र “म त मर्छु कि क्या हो“ प्रसारण गर्न लागेको छ । प्रिमियम ओटीटी प्लेटफर्म ओहो ! मुभिजबाट प्रसारण हुने चलतित्रमा सीताराम कट्टेल, कुन्जना घिमिरे, बुद्धि तामाङ, विजय बराल, रवि गिरि, पल्पसा डंगोल, प्रमिला खनाल, सुमन कोइराला, सुमन कार्की, शुशिला थापा, बालदिप राई तथा घनश्याम गौतम लगायत कलाकारहरूको अभिनय रहेको छ ।

“नयाँ ओटीटी प्लेटफर्ममा चलचित्र प्रसारणको घोषणा गर्न पाउँदा हामी उत्साहित र हर्षित छौँ । आशा छ दर्शकहरूले हाम्रो मेहनतलाई मन पराउनु हुनेछ र देश तथा विदेशका दर्शकबाट चलचित्रले न्यानो माया पाउनेछ ।“ निर्देशक जोडि धुर्मुस सुन्तलीले भन्नूभयो ।

चलचित्र “म त मर्छु कि क्या हो“ हेर्नका लागि प्रभु पे एप डाउनलोड गरि सोही एपबाट शुल्क भुक्तानी गर्न सकिने छ ।

civil hospital
Hams Hospitals