‘म त मर्छु कि क्या हो’ चलचित्र डिजिटल प्लेटफर्मबाट रिलिज
वि.सं.२०७८ भदौ १२ शनिवार
shares
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा जुटेको धुमुर्स सुन्तली अर्थात् सीताराम कट्टेल र कुञ्जना घिमिरेले आफ्नो निर्माण निर्देशनमा नयाँ चलचित्र ‘म त मर्छु कि क्या हो’ निर्माण गरे । यो चलचित्रलाई यतिबेला यी दम्पतीले डिजिटल प्लेटफर्मबाट रिलिज गरेका छन् ।
लगातार पाँच महिनादेखि सिनेमा हल बन्द भएको र अब कहिले खुल्ने भन्ने टुंगो नभएका कारण आफूहरूले यो चलचित्रलाई डिजिटल प्लेटफर्मबाट रिलिज गरेको कुञ्जना घिमिरेले बताइन्।
‘हामीले यो नयाँ चलचित्रलाई यो हो मुभिज एप्सबाट रिलिज गरेका छौं । हाम्रो चलचित्र म त मर्छु कि क्या हो हेर्नका लागि सुरुमा यो हो मुभीको एप्स डाउनलोड गर्नुपर्छ ।’ कुञ्जनाले भनिन्, ‘त्यसपछि सो एप्समा चलचित्र म त मर्छु कि क्या हो क्लिक गरेर ३ सय २० रुपैयाँ तिरेपछि हाम्रो चलचित्र एक सो मज्जाले हेर्न पाइन्छ ।’
यो चलचित्रलाई सीताराम कट्टेल र कुञ्जना घिमिरेले निर्देशन, निर्माण गरेका हुन् । यसमा यी जोडीको मुख्य भूमिका रहेको छ । मेरी बास्सै टेली चलचित्रबाट एक समय निकै लोकप्रिय भएका यी जोडीले सोही सिरियलको धुर्मुस सुन्तली भूमिका यो चलचित्रमा निर्माण गरेका छन् ।
यतिबेला ओहो मुभिज एपबाट रिलिज भएको भएको यो चलचित्रमा धुमुर्स सुन्तलीसँगै रवि गिरी, वुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइरालालगायतको मुख्य भूमिका रहेको छ ।
यो चलचित्रलाई तराईका विभिन्न स्थानमा छायांकन गरिएको हो । चलचित्रलाई सुदीप बरालले छायांकन गरेका हुन् । मिलन श्रेष्ठको सम्पादन रहेको यो चलचित्रको पटकथा संवाद पनि धुर्मुस सुन्तली स्वयंले तयार पारेका हुन् ।


























