चलचित्र ‘म राजेश हमाल’ निर्माण हुँदै
वि.सं.२०७८ भदौ १४ सोमवार
shares
काठमाडौं । अभिनेतना राजेश हमालले आफ्नै नाममा निर्माण हुँदै गरेको चलचित्र ‘म राजेश हमाल’मा काम नगर्ने भएका छन् । यो चलचित्रमा सुरुमा अभिनेता हमाललाई मुख्य भूमिकामा प्रस्ताव गरिएको भएपनि याे भूमिकालाई पनि अभिनेता हमालले अस्वीकार गरेका छन् ।
आफ्नो नाममा चलचित्र निर्माण हुनु खुसीको कुरा भएको यी अभिनेताको कथन छ । तर, आफू अर्को चलचित्रमा आबद्ध भएका कारण यो चलचित्रमा काम गर्ने समय नमिलेको उनले स्पष्ट पारेका छन् ।
यो चलचित्रमा अतिथि भूमिकामा प्रस्तुत हुनलाई अर्का अभिनेता आर्यन सिग्देलले स्वीकार गरेका छन् । यो चलचित्रमा मुकुन भुसाल, महेश त्रिपाठी, एवनराज उप्रेती, सञ्चिता लुइटेल, संजोग रसाइली, अस्मिता लामिछाने पनि अनुबन्धित भएका छन् । चलचित्रलाई केदार भुसालले निर्माण निर्देशन गर्दै छन् । अर्को साताबाट यो चलचित्रको छायांकन धनगढीबाट सुरु हुनेछ ।


























