इलाम सम्पर्क मञ्च नेकपा एकीकृत समाजवादिमा समाहित
वि.सं.२०७८ भदौ १४ सोमवार
915
shares
shares
इलाम। नेकपा(एमाले) इलाम-काठमाडौ सम्पर्क मन्च माधव कुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित हुने निर्णय गरेको छ।
मन्चका अध्यक्ष तुलसी बस्नेतको अध्यक्षता र पार्टीका केन्द्रिय सदस्य प्रेमल कुमार खनालको प्रमुख अतिथिमा सम्पन्न आज बसेको कार्यसमितीको बैठकले सर्वसहमतिमा नेकपा एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको मन्चका सचिव विकास रेग्मीले जानकारी दिनुभयो ।
यस्तै, बैठकले काठमाडौमा बसोवास गर्ने इलामेहरुको बृहत् भेला यहि साउन २६ गते गर्ने निर्णय गरेको छ ।
साथै बैठकले इलाम जिल्ला पार्टी कमिटी तथा सम्पूर्ण जन संघठनहरुलाई नेकपा एकीकृत समाजवादी पार्टीमा गोलबद्द हुन पनि आह्वान गरेको छ ।


























