कांग्रेसका युवा नेता गगन थापा रामचन्द्र पौडेल समूहमा
वि.सं.२०७८ भदौ १७ बिहीवार
shares
काठमाडौं । आसन्न १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका नेपाली कांग्रेसका युवा नेता गगन थापा रामचन्द्र पौडेल समूहमा खुलेका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पौडेल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा थापा मञ्चमा देखिएका थिए।
१३औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका थापा सो समूह छाडेर पौडेल समूहमा प्रवेश गरेका हुन्।
गत महाधिवेशनमा उनी डा।शशांक कोइराला र अर्जुननरसिंह केसीसँगै महामन्त्रीमा उठेका थिए । केसी शेरबहादुर देउवा पक्षबाट महामन्त्रीमा उठेका थिए । केसी पनि अहिले पौडेल समूहमै रहेका छन्।
आफूलाई महामन्त्रीमा उम्मेदवार बनाए पनि देउवाले कोइरालासँग साँठगाँठ गरेर आफूलाई महामन्त्रीमा हराएको भन्दै केसीले देउवाको साथ छाडेका हुन्। अब पौडेल समूहमा केसी, थापा र कोइराला सँगै भएका छन्।


























