एभरेष्ट बैंकद्वारा तीजको भावनात्मक सन्देशको विज्ञापन सार्वजनिक

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले हिन्दु नारीहरुले मनाउने तिजको भावनात्मक साथै जनचेतना मुलक विज्ञापन निकालेको छ । चाडबाड आए लगत्तै भेट्घाट, खानपीन गरेर रमाइलो गर्ने चलन चल्दै आएको भए तापनि अहिल्यैको परिस्थितिमा यसरी सबैजना भेटघाट गरेर चाडबाड मनाउनु अत्यन्तै जोखिम्पूर्ण रहेको छ ।

त्यसैले अहिलेको परिस्थितिलाई मध्यानजर गर्दै, यस विज्ञापन मार्फत एभरेष्ट बैंकले सबै जनालाई यसपालीको तीज घरमै बसी सुरक्षित रुपमा आफ्नो परिवारसँग मनाउन आग्रह गरेको छ । सो विज्ञापन एभरेष्ट बैंकको अधिकारिक फेसबूक पेज वा युटुब च्यानल जततउकस्ररदष्त।थिरघपएज्ञव्ज्प् मा गइ हेर्न सकिन्छ ।

स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करीब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०५ शाखा संजाल, प्रादेशिक कार्यालय , १३७ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र क्ःक् बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro