बोल्ड अवतारमा नोरा फतेही(भिडियो सहित)
वि.सं.२०७८ असोज १ शुक्रवार
1.3K
shares
shares
क्यानडाकी नोरा फतेही बलिउडमा निकै जमेकी छिन्। हरेक नयाँ चलचित्रमा उनको आइटम डान्स चर्चाको विषय बन्ने गरेको छ। नृत्यकलासँगै उनको शारीरिक सौन्दर्य र गेटअपको पनि निकै चर्चा हुने गर्दछ।
गतवर्ष इन्डिया बेस्ट डान्सर कार्यक्रममा अतिथि जजको रुपमा कार्यक्रममा पुगेकी नोराको नितम्बमा अर्का जज टेरेन्स लुइसले जानाजान छोएको खबरपछि नोराको लोकप्रियता ह्वात्तै चलिएको छ।
यतिबेला उनका सामाजिक संजालका फलोवर पनि निकै छन्। उनले लगाएको हरेक पोशाक र उनले नाचेका हरेक नृत्यको यतिबेला प्रशंसा हुने गरेको छ।
हालै मात्र उनी मुम्बइको सडकमा बोल्ड अवतारमा देखिएकी छिन्। सेतो रंगको पहिरनमा मुम्बई सडकमा देखिएकी उनको गेटअपले निकै चर्चा बटुल्न सफल भएको छ।


























