नबिल बैंकद्धारा दिगो बैंकिङ्गको लागि साझेदारी
वि.सं.२०७८ असोज ८ शुक्रवार
shares
नबिल बैंकले धादिङ्ग जिल्लाकँ गल्छी गाउँपलिकामा वित्तिय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी गाउँपालिका सग दिगाे बैंकिङ्ग अर्न्तगत उद्यमशीलता विकास र वित्तीय पहुचको लागि समझदारी गरेका छ ।
गल्छी गाउँपलिकामा नबिल बैंककाे तर्फबाट बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ र गाउपालिकाकाे तर्फबाट अध्यक्ष कृष्णहरी श्रेष्ठले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएका छ । उक्त साझेदारी मार्फत गाउँपालिका हरुले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारिश बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरुमा वित्तिय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।
कार्यक्रममा बोल्दै नबिल बैंकको बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठले यस सम्झौताले गल्छी गाउपालिकामा राेजगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताउनु भयो । त्यस्तै गल्छी गाउपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठले नबिल बैंकको दिगाे बैंकिङ्गले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियेँ बनाउने आशा व्यक्त गर्नुभयो । साथै उहाले वास्तविक किसान तथा उद्यमी पहिचान गरि बैंकसम्म पुर्याई गाउपालिकाको बिकासमा सहयेँग गर्न सबैलाई आग्रह गर्नुभयो । गल्छी शाखालाई नबिल दिगेँ बैंकिङ्गकाे पाइलट शाखा बनाएकेँमा धन्यवाद ज्ञापन गर्दै नबिल बैंकसँग गाउपालिकाकाे विकास र राेजगारी सिर्जनामा संगै हातेमालाे गर्न पाउँदा आफुलाई अत्यन्त खुसी लागेकेँ बताउनु भयो। उक्त कार्यक्रममा दिगाे बैंकिङ्ग परामर्शदाता राजु नेपाल, नबिल बैंकको बाग्मती प्रदेश अर्न्तगत स्वयम्भु क्लस्टर प्रमुख प्रज्वल कुमार सुवेदी, नबिल दिगाे बैंकिङ्गका प्रबन्धक लिला प्रसाद अाेझा, गल्छी शाखा प्रबन्धक, गाउपालिका कर्मचारीहरु, किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाँउपालिकाबासीहरुकाे उपस्थिती थियो ।
नबिल बैंकले गत असार १४ गते धान दिवशको दिन नबिल दिगाे बैंकिङ्गकाे सुरुवात गरेको हो । सरकारका दिगाे बिकासको लक्ष्यलाई सघाउन नबिलले विफन्न वर्गलाई लक्षित गरि दिगाे बैंकिङ्ग कार्यक्रम सार्वजानिक गरेका हाे । कार्यक्रम अर्न्तगत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा शुरु गरेको छ ।
बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्युन भएका वर्गलाई कृषि क्षेत्रकाे व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएको याे कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गरि बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ।































