नेप्से परिसूचक ५०.५८ अंकले बढेर २६६५.९३ अंकमा पुग्यो

10K
shares
Nabil bank

काठमाडौं । निरन्तर आेरालाे लागेको सेयर बजार चौथो कारोबार दिन आज (बुधबार) भने उकालो लागेकाे छ । आज व्यापक उतारचढावका बीच बजार उकालो लागेकाे हाे।

आज सेयर कारोबार मापक नेप्से परिसूचक ५०.५८ अंकले बढेर २६६५.९३ अंकमा पुगेको छ ।

आज नेप्से १.९३ प्रतिशतले बढेको हो । त्यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.५८ अंकले बढेर ५०३.४६ बिन्दुमा पुगेको छ ।

आज कुल २२९ कम्पनीको ९८ लाख ९४ हजार ४७८ कित्ता सेयर मात्र खरिदबिक्री भएको छ । आज ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज कुल १३ उपसमूहमा १३ वटै उपसमूहको सेयर मूल्य बढेको छ। आज फाइनान्स र हाइड्रोपावर समूहको सेयर मूल्य सर्वाधिक बढेको छ ।

आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अपि पावर कम्पनी र ग्रीन डेभलपमेन्ट बैंक १० प्रतिशतले बढेको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x