काेराेना बीमाकाे रकम भुक्तानी गर्नुपर्नेमा अर्थमन्त्री शर्माकाे पहल

काठमाण्डाैं, १३ असाेज । विभिन्न बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी काेराेना बीमाकाे सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले छलफल थाल्नु भएकाे छ ।

बुधवार मन्त्री शर्माले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालसहितका पदाधिकारीहरुलाई बाेलाएर काेराेना बीमा भुक्तानीकाे लागि आवश्यक पर्ने स्राेत साधन र उपायका विषयमा छलफल भर्नुभएकाे हाे । यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई निर्देशन दिनु भएकाे छ ।

विभिन्न बीमा कम्पनीहरुले बीमितहरुलाई ११ अर्बभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ ।

 

Shangri-la Development Bank Ltd.
Nepali patro