कांग्रेस भागेर कहाँ जाने ?

ग्रेटर नेपाल अभियानका महानायक पृथ्वी नारायण शाहको अभियानलाई निस्तेज पार्न नेपालको धार्मिक एकतालाई धाराशाही बनाई जातिय द्वन्द्व फैलाउने परापुर्व कालदेखी मानिदै आएको हिन्दू धर्म दर्शनलाई तोडमोड गरी क्रिश्चियन धर्म प्रचार गर्ने उदेश्यले तत्कालिन समयमा शक्तिशाली मानिएको बिटिस कम्पनी सरकार मार्फत captain Kinloch को नेतृत्व त्यतिबेला सिन्धुलीगढीमा थोरै संख्यामा रहेको नेपाली सेनाले पनि उत्कृष्ट युद्धकलाको कारण captain Kinloch को झन्डै १७०० जती सेनाहरुलाई हताहत बनाएका थिए।

भने captain Kinloch  केही सेना लिएर वेतिया भागेका थिए, captain Kinloch को यस किसिमको असफल अभियान पश्चात राज्य एकिकरणका नायक पृथ्वी नारायण शाहले काठमाडौँ उपत्यकाबाट केपुचीन पादरीहरुलाई निष्काशन गरेका थिए।

नेपालको २०६३ साल पछिकाे परिवर्तित राजनीतिक प्रणालीबाट आम नेपालीहरुले अपेक्षा गरेको स्वावलम्बी अर्थ व्यवस्था धार्मिक सहिष्णुता २ सदियाै देखि चलि आएको धर्म सस्कृतीको संरक्षण तथा संवैधानिक राजसंस्था २ सुदृढ प्रजातन्त्र नै थियो।

जनताले आज महंगो शासन प्रणाली मानिएको संघीयता तथा बहुसंख्यक नेपालीहरुको आस्था माथि नै गम्भीर चोट पर्ने धर्म निरपेक्षता प्रणाली प्रति खवरदारी गरि रहेकाे अवस्था छ।

आखिर तत्कालिन प्रधानमन्त्री तथा नेका सभापती गिरिजा प्रसाद कोइरालाले कुन विदेेशी शक्तीलाई खुशी पार्न २०६३/२/४ गते captain Kinloch कै अभियानको 2nd version को रुपमा नेपाललाई धर्म निरपेक्षता राष्ट्र घोषणा किन गराए ?

जसले गर्दा विगतमा विना शर्त आउँदै गरेको वैदेशिक सहयोगमा हाल राज्य कमजोर भएका कारण राष्ट्रियता माथि नै गम्भीर आँच आउने शर्तहरु देखापर्न थालेका छन, जसको नया उदाहरण दिनुपर्दा अमेरिकी सहयोग ( MCC) नै काफी छ।

नेकाका संस्थापक नेता विपी कोइरालाले अंगीकार गर्नु भएको संवैधानीक राजसंस्था तथा बहुदलीय प्रजातन्त्र लाई राज्यले अवलम्बन नगर्दा मुलुक आज गम्भीर संकट मा परेको छ। भने कांग्रेस आज आफ्नो मौलिक सिद्धान्त त्यागी वामपन्थ गतिमा हिडेकोमा आम नेपाली मात्रै होइन कांग्रेस कै इमान्दार कार्यकर्ताहरु लाई समेत मन परेको छैन।

यस्तो विषम परिस्थितीमा हुन गएको १४ औँ महाधिवेशनकाे नेतृत्व विपीले अवलम्बन गर्नु भएको संवैधानिक राजसंस्था २ बहुदलीय प्रजातन्त्र लाई पार्टीको वटम लाइन नबनाउने हो, भने कांग्रेस पनि आगामी दिनमा captain Kinloch कै अवस्थामा जाने लक्षण देखिन्छ। captain Kinloch त भागेर वेतिया गए तर कांग्रेस भागेर कहाँ जाने ?

आचार्य हालै प्रकाशित पुस्तक ‘सन्देश संग्रह सन्देश’ को लेखक हुनुहुन्छ।

Shangri-la Development Bank Ltd.
Nepali patro