मनोज गजुरेलले गरे विवाह

काठमाडौँ । हाँस्यकलाकार मनोज गुजरेलले विवाह गरेका छन् । गजुरेलले सोमबार (आज) आफ्नो आधिकारिक फेसबूकमार्फत आफूले विवाह गरेको बताएका हुन् । उनले केही तस्बिरसहित विवाह बन्धनमा बाँधिएको बताएका छन् ।

गजुरेलले मञ्जु पोखरेलसँग विवाह गरेका हुन् । उनी नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुन् । गजुरेलको यो दोस्रो विवाह हो । उनले पहिलो विवाह मीना ढकालसँग गरेका थिए । मीना–मनोजका एक छोरा र एक छोरी छन् ।

मीना–मनोजले यसअघि नै सल्लाहमै सम्बन्धविच्छेद गरेका थिए । यसपछि मनोजले विवाह गर्ने बताउँदै आएका थिए ।

 

Shangri-la Development Bank Ltd.
Nepali patro