प्राकृतिक विपत्तिहरुको सामना गर्न अन्तर्राष्ट्रिय समुदाय सँगै सहकार्य गर्नुपर्ने : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपालको प्राकृतिक विपत्तिहरुको सामना गर्न अन्तर्राष्ट्रिय समुदाय सँगै सहकार्य गर्नु पर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित प्रकोप जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले नेपालले हाल प्राकृतिक विपत्तिहरुको सामना गर्नु परेकाेले अन्तर्राष्ट्रिय समुदायसँगै जाेडिनु पर्नेमा जाेड दिएका हुन् ‌

उनले प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनका कारण नेपालसँगै छिमेकी मुलुकहरु पनि प्रभावित हुने भन्दै प्राकृतिक विपत्तिको सवाल नेपालको मात्रै नभएको बताए । नेपालमा प्रकोप व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय समुदायलाई पनि सँगै लैजानुपर्ने चुनौती आफुहरुको काँधमा आएको उनले बताए ।

त्यस्तै गृहमन्त्री खाँणले विपत व्यवस्थापनका लागि सरकारले आफ्नो सम्पूर्ण संयन्त्रहरु परिचालन गरि रहेको पनि बताए ।

 

Shangri-la Development Bank Ltd.
Nepali patro