मध्यभोटेकोशीकाे साधारण सेयर आईपीओ बाँडफाँट आगामी साताभित्रै हुने

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँट आगामी साताभित्रै हुने तयारी भएकाे छ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको आईपीओ आईपीओ आगामी साताभित्रै बाँडफाँड हुने भएको छ ।

अन्तिम दिनसम्म कम्पनीको आईपीओमा २३ लाख ९३ हजार ४२८ जना आवेदकले ३ करोड ४३ लाख ६० हजार १० कित्ताको लागि आवेदन दिएका थिए । कम्पनीको आईपीओमा मागभन्दा धेरै आवेदन परेकोले गोलाप्रथामार्फत वितरण गरिनेछ ।

कम्पनीले असोज २० गतेदेखि २५ गतेसम्म एक सय रुपैयाँ अंकित दरका कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमध्येमध्ये ३ लाख ६० हजार कित्ता (४ प्रतिशत) कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ४ लाख ५० हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ८१ लाख ९० हजार कित्तामा सर्वसाधारणका लागि छुट्टयाइएको थियो ।

Shangri-la Development Bank Ltd.
Nepali patro