भीम रावलले राजीनामा दिए

  • प्रकाशित मिति : २०७८ कार्तिक ५, शुक्रबार २२:१४
  • सिंहदरबार न्युज

काठमाडौं । एमाले नेता भीम रावलले १० बुँदे कार्यन्वयन सहजिकरण गर्न बनाइएको कार्यदलबाट राजीनामा दिने घोषणा गरेका छन् ।

१० बुँदे कार्यन्वयन नभएको दुई केन्दीय सदस्य नियुक्त गरेको भन्दै उनले असन्तुष्टी जनाएका छन्।

यसबारे आफूले बैठकमा लिखित फरक मत पनि राखेको बताए। रावलले आगामी योजनाबारे छलफल गरिने बताए । रावलले यसअघि साम्सदबाट राजीनामा दिएर फिर्ता लिएका थिए ।