सेयर बजार : नेप्से उच्च अंकले बढ्दा कारोबार रकममा पनि सुधार देखियाे

1.7K
shares

काठमाडौं। साताको तेस्रो कारोबार दिन आज (मंगलबार) पनि सेयर बजारमा सुधार देखिएको छ । निरन्तर तल झरेकाे सेयर बजार केहि दिनयता सुधार देखिएको हाे , भने यस साता तीन दिन नै सेयर बजारमा हरियाली छाएको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ७८.८२ अंकले बढेर २७५१.०७ बिन्दुमा पुगेको छ । आज नेप्से २.९५ प्रतिशतले बढेको हो ।

यता, सेन्सेटिभ परिसूचक ११.५० अंकले बढेर ५१६.०७ बिन्दुमा पुगेको छ ।

कुल २२७ कम्पनीको एक करोड १४ लाख ८६ हजार १२३ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३२ रुपैयाँको कारोबार भएको छ ।

त्यसैगरी, ७ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकम बढ्दा कामना सेवा विकास बैंकले सर्वाधिक कारोबार गरेको छ ।

civil hospital
Hams Hospitals