टी- २० विश्वकप – न्युजिल्यान्डसँग भारत पराजित

1.4K
shares

युएइ । टी- २० विश्वकप अन्तर्गत हिजो आइतबार राति सम्पन्न दोस्रो खेलमा भारत न्युजिल्याण्डसँग पराजित भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा न्युजिल्याण्डले भारतमाथि ८ विकेटको जित निकालेको हो ।

टस हारेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११० रन बनाएको थियो । भारतले दिएको १११ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले १४.३ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्याे ।

भारतका लागि रबीन्द्र जडेजाले सर्वाधिक अभिजित २६ रन बनाउँदा हार्दिक पाण्ड्याले २३, केएल राहुलले १८, रोहित शर्माले १४ र ऋषभ पन्तले १२ रनको योगदान दिए ।

भारतलाई सस्तैमा समेट्न ट्रेन्ट बोल्टले सर्वाधिक ३ विकेट लिँदा इस सोधिले २ विकेट तथा टिम साउथी र एडम मिल्नेले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको न्युजिल्याण्डले डार्यल मिचेलेको ४९ रन र कप्तान केन विलियमसनको अविजित ३३ रनको सहायतामा सहजै लक्ष्य पुरा गर्‍यो । त्यसबाहेक मार्टिन गुप्तिलले २० रन बनाउँदा ड‍ेभोन कोनवे २ रनमा अविजित रहे।

जारी विश्वकपमा भारतको यो लगातार दोस्रो हार हो। यसअघिको खेलमा भारतले पाकिस्तानसँग १० विकेटको लज्जास्पद हार ब्यहोरेको थियो । यो पराजयसँगै भारतलाई सेमिफाइनलको यात्रा कठिन बनेको छ ।

civil hospital
Hams Hospitals