नेपाल संवत् प्रचलनसँगै गरिबी उन्मूलनको अभियान सुरु भयाे – प्रम देउवा

12.7K
shares
Nabil bank

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवत् प्रचलनसँगै गरिबी उन्मूलनको अभियान सुरु भएको बताएका छन् ।

नेपाल संवत् ११४२ को अवसरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आज मध्यपुरथिमि शङ्खधर चोकमा आयोजना गरेको कार्यक्रममा उनले नेपाल संवत् नेपालको मौलिक संवत् भएकाले यसलाई व्यवहारमा लागू गर्नुपर्ने बताए ।

समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन साख्वाःले योगदान गर्दै राष्ट्रको गौरव बढाएकाले उनलाई राष्ट्रिय विभूति घोषणा गरिएको प्रधानमन्त्री देउवाले बताए ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाल संवत् एप र नेपाल संवत्को पात्रो सार्वजनिक गरेका थिए । सो अवसरमा उनले साख्वाःको शालिकमा माल्यार्पण गरेका थिए ।

कार्यक्रममा शङ्खधर सिरपा समितिका अध्यक्ष आरके मानन्धरले शङ्खधर प्रतिष्ठानका लागि प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठलाई शङ्खधर साख्वाःको दुई किलोको चाँदीको प्रतिमा हस्तान्तरण गरे ।

प्रतिष्ठानले संस्थागततर्फ नेपाल पञ्चाङ्ग निर्णायक समिति र व्यक्तिगततर्फ शङ्खधर प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा मध्यपुरथिमि नगरपालिकाका पूर्वप्रमुख मदनकृष्ण श्रेष्ठलाई सम्मान गरेको छ ।

कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत, सांसद् महेश बस्नेत, बागमती प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठललगायतले शङ्खधर साख्वाःले देशमा पुर्‍याएको योगदानको चर्चा गर्दै प्रतिष्ठानको देशव्यापी अभियान सफल पार्नुपर्नेमा जोड दिए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x