प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर न्यून

गएको २४ घण्टामा प्रदेश नं १ मा यस वर्षको सबैभन्दा कम तीन जनामा कोरोना सङ्क्रमण भएको छ । सो सङ्क्रमण ११ जनाको पीसीआर परीक्षण गर्दा तीन जनामा देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पीसीआर परीक्षणका आधारमा झापाको भद्रपुरमा दुई र मेचीनगरमा एक जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै ३८ महिलासहित ८४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने तीन महिलासहित चार जनाको मृत्यु भएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro