श्रीमानकाे लाठी प्रहारबाट श्रीमतीको मृत्यु

Ghorahi cement

काठमाडौं । दाङमा श्रीमानकाे लाठी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । गढवा गाउँपालिका–६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मदिरा सेवन गरेका थापाले सामान्य विवादका क्रममा श्रीमतीलाई लाठीले टाउको तथा घाँटीमा हिर्काएको र सुनिताको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै हत्या आरोपित थापा भने फरार रहेको र खोजी थालिएको प्रहरीले जनाएको छ ।

Nepali patro