हेटौंडामा बसको ठक्करबाट २ जनाको मृत्यु , ८ घाइते

हेटौँडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानी नजिक बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा पैदल यात्रु घाइते भएका छन् ।

बसको ठक्करबाट हेटौँडा उपमहानगरपालिका–१९ का २० वर्षीय सुरज विष्ट र चितवनको पिप्ले–३ का ३४ वर्षीय प्रेमबहादुर सिंह ठकुरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते आठ जनामध्ये पाँचको चुरेहिल अस्पताल र अरू तीनको चितवनमा उपचार भइरहेको छ घटनापछि स्थानीयले बसमा आगजनी गरेका छन् ।

हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले देउसी खेल्न हिँडेका पैदल यात्रुलाई ठक्कर दिएको हो ।

Shangri-la Development Bank Ltd.
Nepali patro