भारत र बंगलादेश लगायतका छिमेकी देशहरुलाई विद्युत बिक्रीको बाटो खुल्याे – मन्त्री भुसाल

990
shares

काठमाडौं । उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भारत र बंगलादेश लगायतका छिमेकी देशहरुलाई विद्युत बिक्रीको बाटो खुलेको बताएकी छिन् ।

मन्त्री भुसालले भारतसँग विद्युत व्यापार शुरु भइसकेको तथा अब बंगलादेशसँग पनि व्यापार शुरु गर्ने प्रक्रिया भएकाे बताएकी छिन् ।

उनले भारतमा विद्युत व्यापारको शुरुवात भइसकेको बताउँदै यस प्रकारको व्यापार दक्षिण एशियाकै पहिलो भएको बताइन् । मन्त्री भुसालले जलविद्युत क्रमशः बढ्दै गएको आन्तरिक खपत बढाउनु पर्ने बताउँदै विद्युत व्यापारले देशकै व्यापार घाटाको अवस्थामा सुधार गर्ने बताइन् ।

मन्त्री भुसालले भनिन्, ‘उर्जा व्यापार पहिलेदेखि नै शुरु भएको हो, तर हामीले बढी हुँदा पनि सप्लाइ गर्न सकेका थिएनौँ, अहिले भारतको सम्बन्धित निकायले हामीसँग विद्युत खरिद गर्ने सहमति गरेर सप्लाइ शुरु भइसकेको छ‌ ।

मन्त्री भुसालले भान्सामा प्रयोग हुने एलपी ग्याँस लगायतका उर्जाहरुलाई विद्युतले बिस्थापित गर्न सके देशको व्यापार घाटा कम हुने बताइन् ।

मन्त्री भुसालले भनिन्, ‘पहिला आन्तरिक खपतको निम्ति सहज होस् भनेर विद्युतको महशुल नै घटाएँ, अब घर भान्सामा प्रयोग हुने उर्जामा अब जलविद्युत मात्रै हुनसक्छ, एलपी ग्याँस लगायतका उर्जा भन्दा यो सस्तो छ, त्यसैले होल डोमेस्टिक कन्जम्सनमा खास गरेर एलपी ग्याँस प्रयोग भएको छ ।

मन्त्री भुसालले अब सवारी साधन खरिद गर्दा विद्युतीय सवारीसाधनलाई प्रोत्साहन दिइने बताउँदै पेट्रोलियम पदार्थ र एलपी ग्याँसलाई बिस्थापित गर्न सके नेपालको व्यापार घाटामा सुधार हुने बताइन् ।

civil hospital
Hams Hospitals