‘सूर्यवंशी’ फिल्मको गति दोस्रो दिन पनि रोकिएन , २४.५० करोड भारु कमाई

15.3K
shares
Nabil bank

अक्षय कुमार स्टारर फिल्म ‘सूर्यवंशी’ यो दीपावलीको अवसरमा हलमा रिलिज भएको छ । पहिलो दिन धमाका कमाएपछि रोहित शेट्टीको यो फिल्मले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । दीपावलीको लामो बिदाको फाइदा फिल्मले पाएको देखिन्छ ।  ‘सूर्यवंशी’ ले रिलिजको पहिलो दिन २६.२९ करोड कमाएको थियो ।

‘सूर्यवंशी’ को बारेमा सुरुदेखि नै निकै चर्चा चलिरहेको थियो। अक्षय कुमार र कट्रिना कैफका फ्यानहरु फिल्मलाई लिएर निकै उत्साहित थिए । मुम्बई र साना सहरमा पनि यसको क्रेज देखिएको छ ।  बक्स अफिस इन्डिया रिपोर्ट अनुसार फिल्मले दोस्रो दिन २४.५० करोड कमाएको छ ।

फिल्म ‘सूर्यवंशी’ भारतमा ४ हजारभन्दा बढी स्क्रिनमा रिलिज भइसकेको छ । विदेशमा १३ सय स्क्रिनमा रिलिज भइसकेको छ । रोहित शेट्टीले निर्देशन गरेको यस फिल्ममा अक्षय र कट्रिनाका अलावा रणवीर सिंह र अजय देवगनको पनि अभिनय रहेको छ ।

फिल्ममा गुलशन ग्रोवर, सिकन्दर खेर, अभिमन्यु सिंह र जावेद जाफरीले सहायक भूमिका निर्वाह गरेका छन् । ‘सूर्यवंशी’ रिलायन्स इन्टरटेनमेन्ट, रोहित शेट्टी पिक्चर्स, धर्मा प्रोडक्सन र केप अफ गुड फिल्म्सले संयुक्त रूपमा निर्माण गरेको हो ।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x