सिलिङ्सकाे नयाँ लोगो सार्वजनिक
वि.सं.२०७८ कात्तिक २२ सोमवार
shares
सिलिङ्स् ट्राभल्स एण्ड टुर्स प्रा. लि. आगामी बर्ष आफ्नो १४ औं बार्षिकोत्सब मनाउँदैछ । सन् २००७ मा टिकेटिङ्ग सेवा प्रदान गर्ने गरि स्थापना गरिएको सिलिङ्सले आफ्नो १४ बर्षे यात्रामा ठूलो छलाङ्ग मारिसकेको छ । आफ्नो सफलताको यो यात्रालाई उत्सवमय बनाउने अभिप्राय अनुरुप सिलिङ्ढस् विभिन्न किसिमका कार्यक्रमहरु लिएर आउँदैछ ।
डेढ दशक लामो यात्रामा भएका परिवर्तनहरुलाई आत्मसाथ गर्दै सिलिङ्स्ले आफ्नो कर्पोरेट लोगो परिवर्तन गरेर रुपान्तरणको शुरुवात गरेको हो । नेपालीहरुको माहन् चाढ दिपावलीको संघारमा नयाँ लोगो सार्बजनिक गर्नुका साथै डेढ दशकको यस यात्रामा निरन्तर साथ र सहयोग गर्ने आफ्ना कर्पोरेट पार्टनरहरु माझ नयाँ लोगो परिवर्तनको सन्देश प्रबाह गर्दै सिलिङ्ढस् टिम शुभकामना आदान प्रदानका लागि विभिन्न एअरलाईन्स तथा कर्पोरेट हाउसहरुमा भेटघाटका लागि गए ।
सिलिङ्ढस्को निलो र सुन्तले रङ्ग (ब्लु एण्ड अरेन्ज) मा संयोजन गरिएको यो नयाँ लोगोले सिलिङ्ढस्को नाम भित्रको मर्म मात्र नभएर आना ग्राहकको सन्तुष्टि र खुशी समेत प्रतिनिधित्व गर्छ । कुनै एक विन्दुबाट अर्को विन्दु सम्म गरिने सबै किसिमका यात्राका लागि टिकटिङ्ग गर्ने सिलिङ्ढस्ले प्रतिस्पर्धी मूल्य र ग्राहक सन्तुष्टिलाई आफ्नो प्राथमिक लक्ष्य बनाएको छ ।
”सिलिङ्सकाे नयाँ लोगोले ट्राभल ट्रेडमा विकास भएको आधुनिकता र बहुआयमिकता प्रट्याउँछ ।” सिलिङ्ढस्कि कार्यकारी निर्देशक पावना श्रेष्ठ भन्नुहुन्छ, ”यो परिवर्तन कोभिड १९ पछिको पुर्नजागरण पनि हो । यसमा खुशि र आशा भरिएको छ । यसले हामी अझ बढी सेवाग्राही प्रति उत्तरदायी भएका छौं भन्ने पनि बुझाउँछ ।”
सिलिङ्सले सेल्स ब्लिजकै शैलिमा गरेको लोगो अनभिलिङ्ग र भेटघाट कार्यक्रमले नोभेम्बर महिना भरि निरन्तरता पाउनेछ ।























