नोबेल पुरस्कार विजेता मलाला युसुफजाई विवाह बन्धन बाँधिदै , ट्वीटरमा सेयर गरिन् तस्विरहरु

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले मंगलबार आफ्नो विवाहको घोषणा गरेकी छिन् । उनीले ट्वीटमार्फत आफ्नो विवाहको तस्विर पनि सेयर गरेकी छिन् ।

तस्बिरसँगै उनीले क्याप्शनमा लेखेका छन्, “आज मेरो जीवनको बहुमूल्य दिन हो । असर र म जीवनका लागि विवाह गरेका छौं। हामीले बर्मिङ्घममा आफ्नो परिवारसँग घरमा एउटा सानो निकाह समारोह आयोजना गर्यौं। कृपया हामीलाई शुभकामना दिनुहोस्। हामी हाम्रो जीवन सँगै बिताउन तत्पर छौं ।

२४ वर्षीया मलाला युसुफजाई पाकिस्तानी कार्यकर्ता हुन् जसले केटीहरूको शिक्षाका लागि धेरै काम गरेकी छिन्। उनी इतिहासमा सबैभन्दा कान्छी नोबेल शान्ति पुरस्कार विजेता हुन् । 2012 मा, केटीहरूको लागि शिक्षाको आधारभूत अधिकारको वकालत गरेको कारण उत्तर-पश्चिम पाकिस्तानमा तालिबानद्वारा टाउकोमा गोली हानेपछि उनले विश्वव्यापी मान्यता प्राप्त गरे। संयुक्त राष्ट्र संघको मुख्यालयमा शिक्षामा लैङ्गिक समानताको आवश्यकताबारे भाषण गर्दा उनी १६ वर्षकी मात्र थिइन् ।

मलाला युसुफजाईलाई यस वर्षको सुरुमा तालिवानले फेरि मार्ने धम्की दिएको थियो । विशेष कुरा के छ भने यो धम्की त्यही आतंकवादीले दिएको थियो जसले ९ वर्षअघि मलालालाई गोली हानेको थियो । तालिबान आतंकवादीले ट्वीटरमा लेखेका छन्, ‘यस पटक कुनै गल्ती हुनेछैन।’ तर, यसपछि ट्वीटरले आतङ्ककारीको एकाउन्ट ब्लक गर्यो ।

Shangri-la Development Bank Ltd.
Nepali patro